भारतको सर्वाेच्च अदालतले बुधवार एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै फौजदारी प्रक्रिया संहिताको धारा १२५ अन्तर्गत मुस्लिम महिलाले सम्बन्धविच्छेदपछि पूर्वपतिबाट गुजारा भत्ता माग्न सक्ने बताएको छ ।
न्यायाधीश बीवी नागरथनाको नेतृत्वको दुई सदस्यीय इजलासले यस धारा अन्तर्गत गुजारा भत्ता माग गरेकी एक मुस्लिम महिलाको मुद्दाको सुनुवाइ गर्दै यस्तो फैसला गरेको हो । १० हजार गुजारा भत्ता दिन तेलंगाना उच्च न्यायालयले सुनाएको आदेशलाई एक मुस्लिम पुरुषले चुनौती दिएका थिए ।
मुस्लिम महिलाहरूको सम्बन्ध विच्छेदमा छुट्टै कानून लागू हुने भन्दै धारा १२५ अनुसार गुजारा भत्ता पाउन नसक्ने उनको वकिलको तर्क थियो । दुवै न्यायाधीशले सर्वसम्मतिले यो निर्णय गरेका हुन् । यसबारे फैसला लेख्न बाँकी भएको बताइएको छ ।
सन् १९८५ मा सर्वाेच्च अदालतले धारा १५ धर्मनिरपेक्ष कानून भएको र यो सबै महिलाहरुमा लागू हुने भनेको थियो । यो फैसलापछि व्यापक स्तरमा विरोध सुरु भएको थियो । त्यसपछि सन् १९८६ मा सरकारले मुस्लिम महिलाको सम्बन्ध विच्छेदका लागि छुट्टै अधिकार संरक्षण ऐन पारित गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । नयाँ दिल्ली