चटपटे पानीपुरी मन नपराउने को होला र ? अझ विशेषगरी महिलाहरू यसलाई एकदमै रुचाउँछन् । पानी पुरीलाई बाटोमा पाइने सबैभन्दा स्वादिष्ट खानेकुरा मानिन्छ । पानीपुरीको नाम सुन्ने बित्तिकै धेरैको मुखमा पानी आउँछ । तर,यसको सेवन भने स्वस्थवद्र्वक छैन ।
अझ बर्सात समयमा पानीपुरी खानु स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ । यसको सेवनले पखाला लाग्ने जस्तो समस्या हुन सक्छ । पानीपुरीलाई स्वस्थ्यकर ढंगले बनाउने र खाने हो भने यसले स्वास्थ्यलाई कुनै हानी गर्दैन । यद्यपि हामी बजारमा उपलब्ध पानीपुरी खान्छौँ, त्यो पनि सडक किनारमा राखिएको ।
ती पानीपुरी बनाउने तरिका स्वस्थ्यकर छैनन् । पुरी बनाउनेदेखि आलु मिश्रण गर्ने वा इमली बनाउने सबै कुरा अस्वस्थ्यकर ढंगले गरिन्छ । त्यसो त बजारमा उपलब्ध पानीपुरी स्वस्थ्यकर ढंगले बनाइँदैन । पुरी बनाउनका लागि प्रयोग गरिने तेल होस् वा आलु सबै अस्वस्थ्यकर हुने गर्छ । पानीपुरी सेवनकै कारण मान्छेहरु बिरामी परेको खबर पनि बेलाबेला आउने गर्छ ।
पानीपुरीको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने पनि अध्ययनले बताएको छ । पानीपुरीको अधिक सेवनले कलेजोलाई निकै हानि पुर्याउने गर्छ । पानीपुरीमा मिश्रण गरिएको कृतिम रंग र अखाद्य पदार्थ आन्द्राको लागि हानिकारक हुने बताइन्छ । पानीपुरी बनाउने, बेच्ने क्रममा जति लापरबाही गरिएको हुन्छ, त्यसले आन्द्राको क्यान्सर गराउने सम्भावना रहन्छ ।
धनियाँ, पुदिना, चटनीको स्थानमा पानीपुरीको पानीमा कृत्रिम रंग मिसाइन्छ । साथै सडेगलेको खानेकुरा प्रयोग गरिन्छ । पानीपुरी घरमै बनाएर स्वस्थ्यकर ढंगले सेवन गर्न सकिन्छ । यद्यपि बजारका पानीपुरी सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ ।
– बर्सातमा पानीपुरी खाँदा पखालाको खतरा बढ्छ । पखालाले शरीरलाई कमजोर बनाउँछ ।
– बर्सातको समयमा पानीपुरी खानु पेटका लागि पनि नोक्सानदायक हुन्छ । यसले कब्जियत तथा ग्यासको समस्या पनि हुन सक्छ । यसले पाचन प्रणाली खराब गराउँछ ।
– पानीपुरी खाँदा आन्द्रा सुन्निनुका साथै पेटमा दुखाई महसुस हुन सक्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि कम गराइदिन्छ । जसले गर्दा बर्सातको समयमा पानीपुरी खानु स्वास्थ्यका लागि घातक साबित हुन्छ ।
– पानीपुरी खाँदा भोक कम लाग्न सक्छ । जसले गर्दा तपाईं अन्य स्वस्थकर खानपान धेरै गर्नुहुन्न र शरीरमा पोषक तत्त्वको कमी हुन थाल्छ । यसले मौसमी रोगबाट जोगिन गाह्रो हुन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं