सूचनाको शक्ति - The Power Of Information

        

टिकटकले हटायो दुई करोड बढी पाकिस्तानी भिडिओ

कम्युनिटी गाइडलाइन उल्लङ्घन गरेको भन्दै टिकटकले पाकिस्तानका दुई करोडभन्दा बढी भिडिओ क्लिप हटाएको छ । कम्पनीको सन् २०२४ को पहिलो त्रैमासिक (जनवरी-मार्च) प्रतिवेदन अनुसार टिकटकले दुई करोड दुई लाख पाकिस्तानी भिडिओ सामग्री हटाएको हो ।

कम्पनीका अनुसार यो अवधिमा विश्वभर ६ करोड ६९ लाख ९७ हजार ३०७ भिडिओ हटाइएको छ । एआरवाई न्युजका अनुसार टिकटकले स्वचालित पहिचान प्रविधि प्रयोग गरी अधिकांश भिडिओ हटाएको थियो । टिकटकले आफ्ना सामग्रीको पारदर्शिता बढाउन नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ ।

पहिलो पटक प्लेटफर्मले आफ्नो सुरक्षा उपकरणहरूद्वारा हटाइएका र फिल्टर गरिएका कमेन्टहरूको सङ्ख्या खुलासा गरेको छ, जसमा २०२४ को पहिलो त्रैमासिकमा नौ अर्ब ७६ करोड बढी कमेन्टहरू हटाइएका वा फिल्टर गरिएको छ ।

यसका अलावा टिकटकले स्वचालित स्प्याम सामग्रीको फैलावट रोक्न विभिन्न कदम पनि चालेको छ । यस अन्तर्गत नियमन उल्लङ्घन गर्ने ९४ प्रतिशत भिडिओ सामग्री एक दिनभित्रै छिटो हटाइएको थियो । यसका साथै, टिकटकले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूको अकाउन्ट पनि हटाउने नीति ल्याएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १३:०७

लोकप्रिय