सूचनाको शक्ति - The Power Of Information

        

आज राति एनटीसीको सिममा रिचार्ज नहुने

नेपाल टेलिकमको सिम कार्डमा आज रिचार्ज नहुने भएको छ । विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज नहुने भएको हो ।

नेपाल टेलिकमले आज राति रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन भन्दै राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार ०९:५४

लोकप्रिय