सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटको च्याउपानी पहिरोको जोखिममा

भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । गत कात्तिक १७ गते रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले यो स्थानलाई बस्न जोखिम बनाएको थियो ।

सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका—१ च्याउपानीका ११ घरपरिवारलाई अन्यत्र सारेको जानकारी दिए ।

६ परिवारलाई भेरी–१ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताए । त्यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी–रारा राजमार्गअन्तर्गत जाजरकोटको भेरी–२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार ०९:१५

लोकप्रिय