देशभर १३ लाख ९८ हजारमध्ये पाँच लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । यसवर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ ।
सोमध्ये पाँच लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाई सम्पन्न भएको कृषि विभागले जनाएको छ । असार २३ गतेको तथ्यांक अनुसार सुदूरपश्चिममा एक लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकामा ९४ हजार ६९९ (५४.२ प्रतिशत) रोपाइँ सम्पन्न भएको छ ।
यस्तै, सबैभन्दा कम मधेश प्रदेशमा धान रोपाई भएको विभागको तथ्यांकमा उल्लेख छ । मधेसमा तीन लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिए पनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात ९७ हजार ८५१ हेक्टरमा क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको हो ।
यस्तै, कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ । सोमध्ये हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा मात्रै रोपाई हुन सकेको छ भने बागमती प्रदेशमा एक लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म यस प्रदेशमा ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाइँ भएको छ ।
यस्तै, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने अनुमानसहितको सरकारी तथ्यांक छ । तर, हालसम्म ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा तीन लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म एक लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत) क्षेत्रफलमा भान रोपाइँ हुन सकेको छ ।
यस्तै, कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ । जसमध्ये १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत) क्षेत्रफलमा धान रोपाइँ भएको विभागको तथ्यांक छ । गत वर्ष असार २४ सम्ममा देशभर ४२ प्रतिशत रोपाइँ भएको थियो । गत वर्ष १४ लाख ९६ हजार ८३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा यो समयमा ६ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं