सूचनाको शक्ति - The Power Of Information

        

एक बर्षमा ७९४ सरकारी कर्मचारीले छाडे जागिर

सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०–०८१ मा ७९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ ।

किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, माली लगायत) छन् ।

किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतवार १५:०३

लोकप्रिय