सूचनाको शक्ति - The Power Of Information

        

सप्तकोशी नदीको जलसतह बढ्दै, ४१ ढोका खोलिए

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार ८०० क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतवार ०७:४८

लोकप्रिय