सूचनाको शक्ति - The Power Of Information

        

देशभर धेरै भारीदेखि भारी वर्षा, ३० जिल्लामा ‘रेड अलर्ट’

जन तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका ३० जिल्लामा उच्च जोखिम रहेको भन्दै ‘रेड अलर्ट’ जारी गरेको छ । आज पनि देशभर धेरै भारीदेखि भारी वर्षाको सम्भावना रहेकोले ती जिल्लामा उच्च जोखिम रहेको भन्दै ‘रेड अलर्ट’ जारी गरेको हो ।

महाशाखाका अनुसार लुम्बिनीका ९, गण्डकीका ८, कर्णालीका ६ र सुदूरपश्चिमका ७ जिल्ला उच्च जोखिममा रहेका छन् । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ ।

सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । महाशाखाका अनुसार मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतवार ०७:३२

लोकप्रिय