सप्तकोसी नदीमा आज पानीको बहाव उच्च मापन गरिएको छ । आज दिउँसो ३ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७२ हजार ४८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ ।
अहिले ब्यारेजको ३४ वटा ढोका खोलिएको छ । शनिबार बिहान ४ बजेको मापन अनुसार १ लाख २४ हजार ४६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए । आज कोसीमा पानीको उच्च बहाव मापन गरिएको छ ।
पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको छ । कोसीमा पानीको बहाव उच्च भए पनि कोसीले पूर्वी तटबन्धमा कुनै क्षति गरेको छैन । राजावास, प्रकाशपुर, मधुवन लगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । पानी भने तटबन्धको नजिक आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । उदयपुर