सूचनाको शक्ति - The Power Of Information

        

तातो र चिसो पानी मिसाएर पिउनु घातक

तपाईं फ्रिजबाट पिउने पानी निकाल्नुहुन्छ र धेरै चिसो भएपछि त्यसमा तातो पानी मिसाउनुहुन्छ ? यो एकदमै सामान्य कुरा हो र धेरै मानिस यसै गर्छन् । तर स्वास्थ्य विशेषज्ञहरूले भने यसो गर्नु स्वास्थ्यका लागि घातक हुने बताएका छन् ।

भारतस्थित ईशा हठयोग शिक्षिका श्लोका जोशीले तातो र चिसो पानी मिसाएर पिउनु नहुने बताइन् । चिसो पानी पचाउन गह्रौं हुने र तातो पानी हल्का हुने भएकाले दुवै मिसाएर पिउँदा अपच हुन सक्ने उनले बताइन् ।

चिसो र तातो पानी किन मिसाउनु हुँदैन ?

तातो पानीमा ब्याक्टेरिया हुँदैन तर चिसो पानी दूषित हुन सक्छ, त्यसैले यी दुईलाई मिसाउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्छ । तातो पानीले वात र कफलाई शान्त बनाउँछ भने चिसो पानीले दुवैलाई बढाउँछ, दुवै मिसाएको पानीले पित्त दोष बढाउँछ ।

तातो र चिसो पानी मिसाउँदा पाचन क्रिया कमजोर हुन्छ, पेट फुल्ने र पोषक तत्वको अवशोषणमा बाधा पुग्छ । तातो पानीले रक्तनली फैलाएर सफा गर्छ भने चिसो पानीले तिनलाई साँघुरो बनाउँछ । त्यसैले चिसो र तातो पानी मिसाउनु ठीक होइन ।

पानी उमाल्दा यसलाई हल्का र ब्याक्टेरिया मुक्त मात्र बनाउँदैन, यसमा औषधीय गुण थपिन्छन्, जसले यसलाई पूर्ण रूपमा सफा बनाउँछ र समग्र स्वास्थ्यमा सुधार गर्छ । श्लोकाले भनिन्, ‘यसलाई चिसो पानीमा मिसाएर पिउनाले स्वास्थ्यका लागि कम फाइदाजनक हुने भएकाले यी गुण धेरै हदसम्म कम हुन्छ ।

त्यसोभए पानी कसरी पिउने ?

माटोको भाँडोको पानी स्वास्थ्यको लागि अमृतजस्तै हो । यसले प्राकृतिक रूपमा पानीलाई चिसो र शुद्ध राख्छ । यसले पानीमा पाइने खनिजलाई समेत जोगाउँछ । माटोको भाँडोले एक स्थिर, मध्यम तापक्रम कायम राख्छ जुन आयुर्वेदिक दृष्टिले शरीरको लागि राम्रो हो ।

माटोको भाँडोमा राखिएको पानीमा अक्सिजन पनि आउँछ र जान्छ, जसले विशेष गरी गर्मी समयमा पानीलाई धेरै चिसो राख्न मद्दत गर्छ । साथै यो पानीले पाचन क्षमतामा बाधा नपु¥याई वा कफ दोष नबढाई शरीरलाई शीतल राख्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २२ असार २०८१, शनिबार १५:२२

लोकप्रिय