सूचनाको शक्ति - The Power Of Information

        

माछा मासु खाएपछि दूध सेवन गर्दा स्वास्थ्यमा गम्भीर खतरा

हामी भोक लागेको समयमा आँखा अगाडी जुन खानेकुरा देख्छौँ त्यही खान्छौँ । तर, अधिकांश खानेकुरा हामीले एकसाथ मिलाएर खानुहुदैन । र, एक चिज खानसाथ लगत्तै अर्को खानेकुराको सेवन गर्नुहुँदैन । मासु सेवन गर्नेबित्तिकै के–के खानेकुरा खानुहुँदैन भन्ने कुरा जान्नुपर्छ ।

माछा–मासु खाएपछि बिर्सेर पनि दूधको सेवन गर्नुहुँदैन । सामान्यतया माछा खाएपछि दूध पिउन निषेध गरिएको छ । तर माछा मात्र होइन, कुनै पनि नन–भेज खानेकुरा खाइसकेपछि दूध वा दही खानुहुँदैन । रातिको समयमा माछा–मासु खानुभएको छ भने त झन् दूध खाँदै नखानुहोस् ।

माछाको सेवन गरेपछि दूध र दूधजन्य परिकार खाएमा यसले छाला सम्बन्धी रोगहरु लाग्छ । यदि माछा र दूध एकसाथ सेवन गरेमा छालामा सेतो दाग आउने सम्भावना हुन्छ । माछा र दूधको सेवनबाट फुड पोइजन पनि हुन सक्छ । त्यसैले दूध र माछा खानुहुँदैन । दुध र दही दुबै स्वास्थ्यका लागि लाभदायक खानेकुराहरू हुन् ।

तर, दुबै सँगसँगै खाँदा फाइदाको साटो नोक्सान ज्यादा हुन्छ । यसो हुनुमा दहीमा विद्यमान ब्याक्टेरिया र अम्लले गर्दा दूधलाई डीन्याचूरेट गर्ने वा फटाइदिने हुँदा यो फाटेको दूधले एसिडिटी, ग्यास, बान्ता, झाडा–पखाला, वाकवाकी गराउने हुन्छ । यस्तै दूधसँग नुनको सेवन पनि अत्यन्त हानीकारक मानिन्छ ।

दूधसँग नुनको सेवन गर्दा पेटको भित्री पत्र वा छालाको संक्रमणको उच्च जोखिम हुन जान्छ । वैज्ञानिकहरूले छालामा आउने दाद, फोकाफोकी, घाउ, खटिरा, स्वरियासिस, छाला चिलाउने, एक्जिमाजस्ता समस्याहरूलाई दूध र नुनको विरूद्ध आहार सेवनले उत्पन्न भएको समस्या मान्ने गरेका छन् ।

अर्को कुरा भनेको आजकल दूधसँग विभिन्न किसिमका फलफूलहरू मिलाएर बनाइएको मिल्कसेक वा स्मुदी बनाएर खाने चलन छ तर यो चलन स्वास्थ्यको दृष्टिले त्यति उपयुक्त होइन । फलफूल वा सलादहरूको प्रकृति चिसो हुन्छ भने दुधको प्रकृति तातो हुन्छ । यसरी दुई प्रकृतिको खानेकुराहरू खाँदा स्वास्थ्यमा प्रतिकूल असर पुग्नसक्छ । कालो मासको दाल, गहत र मुङसँग दुधको सेवन कहिल्यै गर्नुहुँदैन ।

दाल खाँदा दालमा विद्यमान प्रोटिन र दूधमा विद्यमान प्रोटिनको पाचन विधि फरक हुने हुँदा यसले हाम्रो पाचन तन्त्रमा नकारात्मक असरहरू पैदा गराउँदछ र पेट खराब हुने गर्दछ । दूध पिएपछि वा दूधको साथ रूख कटहरको सेवन गर्नुहुँदैन । यसो गर्दा पाचन प्रणालीमा त समस्या उत्पन्न गराउदछ नै साथै मुटुरोग, श्वास रोग, दाद, चिलाउने, एग्जिमा र अन्य छाला सम्बन्धी विकार उत्पन्न गराउदँछ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १५:०६

लोकप्रिय