२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday

राप्तीको बाढीमा फसेर एक जना बेपत्ता, दुईको उद्धार

सत्यपाटी
सत्यपाटी । दाङ । २०८१ असार २३ गते शनिबार

दाङको लमही नगरपालिका–७, हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेका तीनमध्ये एक जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार भएको छ ।

जिल्लाको राजपुर गाउँपालिका–२ का १९ वर्षीय राजकुमार यादव राप्तीको बाढीले बगाउँदा बेपत्ता भएका हुन् । उनीसँगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने उद्धार भएको हो ।

एकै स्थानका उनीहरू दूध बिक्री गर्न लमही गएर फर्किने क्रममा राप्ती नढीको बाढीमा फसेका थिए । तीन जना सँगै रहे पनि एक जनालाई बाढीले बगाएको र दुई जनालाई सिमलको रूखमा चढेर सुरक्षित बसेको अवस्थामा उद्धार गरिएको हो ।

उनीहरूलाई सशस्त्र प्रहरीको ४१ नम्बर रिजर्भ गण अर्जुन खोलाबाट खटिएका सुरक्षाकर्मीले उद्धार गरेका हुन् । बेपत्ता युवकको खोजी भइरहेको सुरक्षाकर्मीले बताएका छन् ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिबार