सूचनाको शक्ति - The Power Of Information

        

दाँत कसरी माझ्ने ?

दाँत सफा नहुँदा मुखको समस्या मात्र नभई शारीरिक तथा अन्य समस्या पनि त्यत्तिकै निम्त्याउँछ । दाँत सफा नहुँदा मुखमा भएका ब्याक्टेरिया पेटमा पुगी झाडापखाला लाग्नु, बान्ता आउनु, ज्वरो आउनु इत्यादि समस्या देखिन्छन् ।

तसर्थ दाँतको सफाइ मुखको स्वास्थ्यका लागि मात्र नभई पूर्ण शारीरिक स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिन्छ । तर के तपाईँलाई दाँत माझ्ने सही तरिका थाहा छ ? आज हामी यसै विषयमा चर्चा गर्दैछौं ।

दाँत माझ्दा सबैभन्दा पहिले त ब्रसमा मन्जन चाहियो । तर धेरै मन्जन लगाउनु भनेको खेर फाल्नु मात्र हो । धेरै मन्जनले दाँत चम्काउने होइन । मन्जन धेरै हाल्नाले दाँतमा फ्लोराइड जम्छ र राम्ररी सफा नगर्ने हो भने दाँतमा सेता र काला धब्बा देखिन सक्छन् ।

त्यस्तै आफ्नो ब्रसलाई गिजाबाट ४५ डिग्रीको एंगलमा राख्नुहोस्, गम लाइनबाट टाढा राखेर ब्रस गर्नुहोस् । पहिले माथिको दाँत र त्यसपछि तल्लो लहरको दाँत ब्रस गर्नुहोस् । ब्रसलाई गोलो आकार दिँदै दाँतमा घुमाउनुहोस् ।

ब्रस गर्दा हात हल्का बनाउनुहोस् । दाँत बाहिर, भित्र र चपाउने बङ्गारामा सफा गर्नुहोस् । दाँतलाई भित्रबाट सफा गर्न ब्रसलाई माथि तल गरेर पल्टाउनुहोस् । यदि तपाईँको बिहान हतारमा ब्रस गर्ने बानी छ भने यसो नगर्नुहोस् ।

कम्तीमा दुई मिनेट ब्रस गर्नु निकै आवश्यक छ । दुई मिनेट ब्रस गर्दा दाँत स्वस्थ राख्न मद्दत मिल्छ । दाँतसँगै जिब्रो पनि सफा गर्नुहोस् । जिब्रो सफा गर्न टङ क्लिनरको प्रयोग गर्न सक्नुहुनेछ । यसबाट जिब्रोको ब्याक्टेरिया र श्वास गन्हाउने समस्या हट्छ ।

हरेक तीन महिनामा ब्रस बदल्नुहोस् । ब्रस गरेपछि पानीले राम्ररी कुल्ला गर्नुहोस् र धोएर राख्ने गर्नुहोस् । दन्त रोग विशेषज्ञका अनुसार तीन महिनामा ब्रस बदल्नुपर्छ । महत्त्वपूर्ण कुरा के भने दिनमा दुई पटक ब्रस गर्नु फाइदाजनक हुन्छ ।

जब राती सुतेपछि ब्रस गर्दा मुखमा ब्याक्टेरिया सजिलैसँग आक्रमण गर्न सक्छ । यसबाट बच्न राती ब्रस गरेर सुत्नुहोस् र बिहान ब्रेकफास्टभन्दा पहिले गर्नुहोस् । दिउँसो लन्च गर्नुअघि ब्रस गर्न सक्नुहुन्छ । तर, दैनिक तीन पटकभन्दा बढी ब्रस गर्नुहुन्न। धेरै पटक ब्रस गर्दा गिजामा नोक्सान पुग्न सक्छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १०:५०

लोकप्रिय