सूचनाको शक्ति - The Power Of Information

        

आजबाट सुरु हुँदै राष्ट्रिय पौडी प्रतियोगिता

प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । नेपाल पौडी संघको आयोजनामा शनिबार र आइतबाट सातदोबाटोमा पौडी प्रतियोगिता हुन लागेको हो ।

संघका सचिव गंगालाल गोलेका अनुसार ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगितामा ३५१ खेलाडीको सहभागिता रहने छ ।

८ वर्षमुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी हुने सो प्रतियोगितामा विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विधाहरूमा पौडी खेलाइनेछ । राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ०८:१२

लोकप्रिय