सूचनाको शक्ति - The Power Of Information

        

मौसम : पाँच वटा प्रदेशमा बिहानैदेखि वर्षा

देशभर मनसुनी वायुको प्रभाव रहँदा केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशभर आंशिकदेखि साधारणतया बदली छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । देशैभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणदेखि पूर्णतया बदली रहने जनाएको छ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार ०७:३०

लोकप्रिय