हाम्रो भान्सामा प्रयोग हुने मसालामध्ये एक हो लसुन । यसले खानामा स्वाद बढाउने काम गर्छ । हरेक तरकारीमा यसको प्रयोग गरिन्छ । स्वाद बढाउनुका साथै लसुन एक महत्त्वपूर्ण घरेलु औषधि पनि हो ।
यसले पाचन शक्ति बढाउँछ, महिलाको महिनावारी ठिक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ । लसुनको पात, केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ ।
लसुनका यी विविध भागलाई नियमित रूपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने सम्भावना निकै हुन्छ । लसुनले क्यान्सरको समस्या पनि राहत दिलाउँछ ।
– लसुनको सबैभन्दा ठूलो फाइदा यसले रोग प्रतिरोधात्मक क्षमतालाई विकास गर्दछ । केही जानकारका अनुसार लसुनमा क्यान्सर जस्तो गम्भीर रोगसँग लड्ने क्षमता पनि हुन्छ । प्यानक्रियाज, कोलोक्टोरोल, स्तन र प्रोस्टेट क्यान्सरका रोगीलाई काँचो लसुनको सेवन गर्न डाक्टरले सल्लाह दिन्छन् ।
– उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा एकै पटक नखाएर पटक पटकको खानासँगै खानु राम्रो हुन्छ ।
– पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २, ३ केस्रा लसुन दूधसँग खाएमा ग्यास्ट्रिकलाई फाइदा हुन्छ ।
– सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तै दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ ।
– लसुनको रस र कागती समभाग राखी कपासको माध्यमले दिनको ३÷४ पटक चिलाउने घाउ पुछ्ने गर्दा चिलाउने कम हुन्छ ।
– लसुनले तपाईँको शरीरमा ब्याड कोलेस्ट्रोलको स्तर कम गर्दछ । यसकारण तपाईँको मुटु सधैँ स्वस्थ रहन्छ । यसले शरीरमा गुड कोलेस्ट्रोल बढाउन सहयोग गर्दछ । उच्च रक्तचापलाई कम गर्न पनि लसुन निकै फाइदाजनक हुन्छ । यसमा पाइने एलिसिन नामक तत्त्वले उच्च रक्तचापलाई सामान्य गर्न सहयोग गर्छ ।
– लसुनले दाँत दुखाइमा पनि राहत दिलाउने काम गर्दछ । लसुनलाई ल्वाँगसँग पिसेर दाँत दुखेको ठाउँमा लगाउँदा पीडाबाट तुरुन्त राहत प्रदान गर्छ ।
– गर्भावस्थामा लसुनको नियमित सेवनले आमा र शिशुको स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । यसले गर्भभित्र शिशुको तौल बढाउन पनि सहयोग गर्दछ । गर्भवती महिलालाई यदि उच्च रक्तचाप छ भने उनले ९ महिनासम्मै लसुनलाई कुनै न कुनै रूपमा सेवन गर्नैपर्छ । यसले रक्तचापलाई नियन्त्रण गरेर शिशुलाई हानी हुनबाट जोगाउँछ । यसले गर्भको शिशुको तौल बढाएर समय पूर्वको प्रसवको खतरालाई कम गर्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं