हामीलाई बेला बखतमा हिक्क–हिक्क बाडुली लाग्ने गर्छ । जसलाई हामी कसैले सम्झिएको भनेर भन्ने गर्छौ । तर, बाडुली कसैले सम्झिएर हैन कि श्वासप्रश्वास नलीमा केही गडबडी भएको अवस्थामा उत्पन्न हुने लक्षण हो । श्वास नली साँगुरो भएर बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ ।
अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ । ज्वरो आइरहने वा मिर्गौलामा कुनै गडबडी वा पुरानो रोग भएमा र पानीको कमीका कारण पनि बाडुली लाग्छ । बाडुली लामो समयसम्म लागेमा चिकित्सकको सल्लाह लिनुपर्दछ । बाडुली लागेमा यस्ता घरेलु उपचार अपनाउनुहोस्,
– अलैँची पिसेर मिस्रीको चास्नीमा राखेर खानुहोस्
– एक लिटर उमालेको पानीमा रायो राखेर तैरिन दिनुहोस् र रायो पिँधमा बसेपछि पानी पिउने गर्नुहोस्
– पानीमा हरियो पुदिना र मिस्री मिसाएर पिउनुहोस्
– तातो दुधमा गाईको घिउ राखेर सेवन गर्नुहोस्
– कागतीको रसमा मह र बिरेनून मिसा खाने र अदुवा चुसिरहने ।
– प्रशस्त मात्रामा व्यायाम गर्ने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं