२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको फैसला

सत्यपाटीसत्यपाटी । सर्लाही । २०८१ असार १९ गते मंगलबार

बाल यौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार यो सजाय निर्धारण गरेको हो ।

उनलाई १० वर्ष कैदको सजाय तथा पाँच लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन फैसला भएको हो । यसअघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो ।

अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोगपत्र दायर गरेको थियो । बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।

प्रकाशित मिति : २०८१ असार १९ गते मंगलबार