बाल यौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार यो सजाय निर्धारण गरेको हो ।
उनलाई १० वर्ष कैदको सजाय तथा पाँच लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन फैसला भएको हो । यसअघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो ।
अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोगपत्र दायर गरेको थियो । बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सर्लाही