टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको हो । भारतविरुद्ध बलियो अवस्थामा रहेको दक्षिण अफ्रिका अन्तिम केही ओभर सम्हालिन नसक्दा भारत खेलमा फर्कदै च्याम्पियन बन्यो ।
भारतले यसअघि २०११ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । टी–२० विश्वकपको भने भारतको यो दोस्रो उपाधि हो । यसअघि २००७ मा भारतले पाकिस्तानलाई हराएर च्याम्पियन बनेको थियो । जारी संस्करणमा भारत अपराजित रहँदै च्याम्पियन बन्यो । फाइनल खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि २७ बलमा ५२ रनको इनिङ खेले । उनी बाहेक क्विन्टन डिककले ३९ रन बनाउँदा ट्रिस्टन स्टब्सले ३१ रन र डेभिड मिलरले २१ रन बनाए । भारतका लागि हार्दीक पाण्ड्याले ३ विकेट लिंदा अर्सदीप सिंह र जसप्रित बुमराहले समान २–२ विकेट लिए ।
त्यस्तै अक्षर पटेलले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले टी–२० फाइनलकै उच्च स्कोर १७६ रन बनायो । यसअघि २०२१ मा न्युजिल्यान्डले दिएको १७२ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले बनाएको १७३ रन फाइनलको उच्च स्कोरको रुपमा रहेको थियो । भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो । ओपनर विराट कोहलीले जारी विश्वकपकै उत्कृष्ट इनिङ खेले ।
उनले ५९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ७६ रन बनाए । उनी प्लेयर अफ द फाइनल समेत बने । त्यस्तै अक्षर पटेलले ४७ रन बनाउँदा शिवम् दुवेले २७ रन बनाए । दक्षिण अफ्रिकाका लागि केशर महाराज र एनरिच नोर्तेजले २–२ विकेट लिए । त्यस्तै मार्को जनसेन, कागिसो रबडाले १–१ विकेट लिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं