सूचनाको शक्ति - The Power Of Information

        

रोहित र विराटले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र ब्याटर एवं पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । शनिबार राति वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा आफ्नो देशले विश्वकपको उपाधि जितेपछि उनीहरुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

शनिबार राति भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो । कप्तान शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मन पर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ यद्यपि उनले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् ।

यता विराट कोहली प्लेयर अफ दी म्याच घोषित भए । दक्षिण अफ्रिकाविरुद्धको खेल कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए । उनले टी–२० क्रिकेटमा भारतका लागि १२५ वटा खेल खेलमै ४ हजार १८८ रन जोडेका छन् । रोहित शर्मा नेतृत्वको टिम इन्डिया अपराजित रहँदै १७ वर्षपछि टी–२० विश्वकप जित्न सफल भएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतवार ०८:१६

लोकप्रिय