सूचनाको शक्ति - The Power Of Information

        

मौसम : तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै, कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतवार ०८:१०

लोकप्रिय