दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका २५० जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् ।
राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उनले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए ।
सोही पालिकाबाट जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६, शङ्कर मावि खरदरियाबाट ४५, माध्यमिक विद्यालय दुलैयाबाट नौ, बालकल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई परीक्षा सहभागी भएका थिए ।
माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशङ्कर मावि भैसाहीनाकाबाट नौ जना, शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताए ।
‘हामीले शिक्षामा धेरै लगानी गर्यौँ, उनले भने, ‘तर, लगानी अनुसारको नतिजा दिन सकेनौँ ।’ आठ वटै विद्यालय सामुदायिक हुन् । ३५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ