बाँकेको नेपालगन्जमा सुमदरानी थारुको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ घर भएका २६ वर्षीय शैलेन्द्र चौधरी छन् ।
उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको बाँकेका एसपी तुलबहादुर कार्कीले बताए । उनी शुक्रवार पक्राउ परेका हुन् । २९ वैशाख २०८० मा नेपालगन्जमा डेरा गरेर बस्ने कोहलपुर–६ घर भएकी थारुको हत्या भएको थियो ।
घाँटी रेटेर हत्या भएको घटनामा संलग्न आरोपीलाई प्रहरीले लामो समयसम्म पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेको थियो । आरोपीलाई अदालतबाट पाँच दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ असार १६ गते शनिबार

