नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलसहित योजना आयोगको टोली सवार बुद्ध एयरको यू ४–८५१ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण गर्न नसकेर काठमाडौं फर्किएको छ । जहाज बस्न नसक्ने भनेपछि जहाजभित्र यात्रुको रुवाबासी चलेको थियो ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले प्रतिकूल मौसमका कारण जहाज डाइभर्ट गर्नुपरेको र उक्त उडानलाई मध्याह्न १२ बजे पुनः भैरहवा अवतरण गराइएको जानकारी दिए । प्रतिकूल मौसमका कारण यती एयरलाइन्सको जहाज समेत भैरहवामा अवतरण हुन नसकेपछि काठमाडौं फिर्ता भएको थियो ।
जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौं फिर्ता गर्दा जहाजभित्र रुवाबासी चलेको योजना आयोग उपाध्यक्षको सचिवालयले जनाएको छ । आयोग टोली बुटवलस्थित बुटवल धागो कारखाना, धौवाधी फलाम उद्योग लगायत अनुगमनमा बुटवल जाँदै थियो ।
यो टोलीको आगामी शुक्रबार मात्र काठमाडौं फर्किने योजना थियो । जहाज बिहान करिब ८ बजे भैरहवा पुगे पनि विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं नै फिर्ता भएको हो । पछि फेरी भैरहवा नै लगेर अवतरणगरिएको बुद्ध एयरले जनाएको छ ।
सत्यपाटी