आज जुन २६ तारिख अथार्त अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदैछ । यस वर्ष ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाउन लागिएको हो ।
यो दिवस मनाउनुको एउटा मात्र उद्धेश्य भनेको विश्व समुदायलाई लागू औषधको असर र कारोबारबाट मुक्त गराउनु हो । आज नेपाल प्रहरीले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध जनचेतना जगाउन सचेतनामूलक र्याली निकाल्दैछ ।
साथै, प्रहरीले वर्षभरी नेपालका भएका घटनाको विवरण समेत सार्वजनिक गर्दैछ । यस्तै, सरोकारवाला अन्य निकायले समेत सचेतनामूलक विषयमा छलफल कार्यक्रम आयोजना गर्दै छन् । हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख छ ।
विश्वमा अधिकांश लागू औषधका प्रयोगकर्ता र कारोबारी यूवा वर्ग नै रहेका छन् । किनभने युवाहरु लागूऔषधको प्रयोगमा लागे भने उनीहरूलाई कुलतबाट छुटकरा दिलाउन अत्यन्त कठिन र जोखिमपूर्ण हुने गरेको मनोविज्ञले धारणा राखेका छन् । विश्वमा पछिल्लो एक शताब्दीबाट लागूऔषधको कारोबार र त्यसको प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ ।
लागू औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ । सन् २००१ मा भारतमा सरकार र अल ईण्डिया मेडिकल स्कुलले गरेको संयूक्त सर्वेक्षणले करिब ७ करोड २५ लाख मान्छेले लागू औषधको प्रयोग गर्ने गरेको निष्कर्ष निकालेको थियो । त्यसको दुई दशक बढी समय बितिसक्दा उक्त संख्या दोब्बरभन्दा धेरै भएको अनुमान छ ।
खुल्ला सिमानाका कारण नेपालका सिमा क्षेत्रसँग जोडिएका जिल्ला लागूऔषधको कारोबार गर्ने सुरक्षितस्थल जस्तै बन्दै गैइरहेको पाइन्छ भने सीमा नाकाबाट दैनिक लागूऔषध कारोबार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको खबर सार्वजनिक भइरहन्छन् । यस्तै, त्यसको प्रयोगले एकातिर प्रयोगकर्ता प्राणघातक रोगका शिकार हुने गर्दछन् भने उनीहरू विभिन्न अपराधीक कार्यमा संलग्न हुँदा भविष्य नै जोखिममा परेको छ ।
अर्कातिर समाजमा अपराधीक गतिविधि बढ्दै गइरहेको पाइन्छ । नेपालमा पनि सन् १९६० पछि लागू औषधको कारोबार र प्रयोग बढ्दै गइरहेको पाइन्छ । नेपालका विभिन्न शहरमा स्थापना गरिएका सुधार केन्द्र र नेपाल प्रहरीको समाचार बुलेटिनले पनि धेरै हदसम्म उक्त कुराको पुष्टि हुन्छ । तसर्थ यो समस्या न्यूनिकरण गर्न तीनै तहका सरकार, परिवार, समुदाय र सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं