सूचनाको शक्ति - The Power Of Information

        

मौसम : आगामी तीन दिनसम्म देशैभर मध्यमदेखि भारी वर्षा

देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

वाग्मती, कोसी, गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित बिहानैदेखि हल्कादेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन विभागको आग्रह छ ।

भारी वर्षाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

यसैबीच, मनसुन सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म देशैभर मध्यदेखि भारी वर्षा सम्भावना रहेको छ । महाशाखाले हरेक तीन दिनको मौसम पूर्वानुमान प्रतिवेदन सार्वजनिक गर्दै शुक्रवारसम्मै सबैतिरको वर्षाको निरन्तरता देखिएको हो ।

आगामी तीन दिनसम्म भारी वर्षा हुने स्थानहरुमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम रहने देखिएको छ । यी स्थानहरुमा जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अुनरोध गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनको विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार ०७:४७

लोकप्रिय