२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

बलात्कार मुद्दामा रामबहादुर बम्जन दोषी ठहर

सत्यपाटीसत्यपाटी । सर्लाही । २०८१ असार १२ गते मंगलबार

अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जन दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले उनलाई दोषी ठहर गरेको हो । उनीविरुद्ध सजाय निर्धारणका लागि १७ गते पेसी तोकिएको छ ।

न्यायाधीश जीवन भण्डारीको इजलासले बमजनलाई सोमबार दोषी ठहर गरेको हो । उनीमाथि आश्रममा बस्दा त्यहाँ काम गर्ने युवतीलाई शोषण गरेको आरोप छ । त्यसमध्ये केहीलाई बेपत्ता पारेको आरोप पनि उनीमाथि लागेको थियो ।

बाराको एउटा जंगलमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेको पाइएपछि उनी एकाएक चर्चामा आएका थिए । उनीमाथि यौन शोषण, बलात्कार र आनीहरुलाई बेपत्ता बनाएको आरोप थियो ।

प्रकाशित मिति : २०८१ असार १२ गते मंगलबार