सूचनाको शक्ति - The Power Of Information

        

दुई महिनादेखि १३ प्रहरी कर्मचारी गैरहाजिर

प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ । कार्यालयले प्रहरी सहायक निरीक्षकदेखि जवानसम्म १३ जना कर्मचारी झन्डै दुई महिनादेखि आफूखुशी गैरहाजिर रहेका छन् ।

एक साताभित्र उनीहरूलाई सम्पर्कमा आउन निर्देशन प्रहरी प्रधान कार्यालयले दिएको छ । गैरहाजिर रहनेमा एक प्रहरी सहायक निरीक्षक, दुईजना प्रहरी सहायक हवलदार र ८ जना प्रहरी जवान छन् । त्यस्तै दुईजना प्राविधिक प्रहरी जवान पनि गैरहाजिर रहेको सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दासमेत सम्पर्कमा नआएको जनाएको छ । उनीहरूलाई बाटोको म्यादबाहेक ७ दिनभित्र गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार ०८:०१

लोकप्रिय