२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

एक्कासी बाढी आउँदा माछा मारिरहेका शिक्षकको मृत्यु

सत्यपाटीसत्यपाटी । जाजरकोट । २०८१ असार १० गते आइतबार

भारी वर्षाका कारण जाजरकोटको कुशे गाउँपालिका-१, तारेचौर नजिक खोलामा माछा मार्न गएका एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेको उद्धार भएको छ ।

शनिबार राति खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका-९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिइन् । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए ।

बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे–१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएको उपाध्यक्ष सिंहले जानकारी दिइन् ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतबार