सूचनाको शक्ति - The Power Of Information

        

म्याद गुज्रिएको चामल ल्याउन एउटै कम्पनीलाई चार वटा ठेक्का !

भारतीय बजारबाट म्याद गुज्रिएका कमसल गुणस्तरको चामल ल्याएर बिक्री वितरण गर्न चलखेल सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट चामल ल्याउने ठेक्का पाएको सप्लायर्सले गुणस्तरहीन चामल आयात गर्ने र उपभोक्तालाई बिक्री वितरण गर्ने चलखेल सुरु भएको हो ।

खाद्य व्यवस्था तथा कम्पनीले यही वैशाख २६ गते खुलाएको बोलपत्र आह्वानमा आवेदन दिएका कम्पनीको सूची जेठ ३२ गते सार्वजनिक गरेको थियो । ठेक्का प्रक्रियामा सामेल कम्पनीमध्ये सबैभन्दा न्यून दरभाउमा बोलकबोल गर्ने कम्पनी छनौट भएका थिए । सात प्रादेशिक कार्यालयबाट १० वटा ठेक्का आह्वान गरिएको थियो ।

ती ठेक्कामध्ये जय गुरु राइस मिल्स चार वटा, सुनिल राइस मिलले तीन वटा र लक्की राइस मिल्सले दुई वटा तथा गिरिधारी फुड इन्डस्ट्रीले एउटा ठेक्का पाएका छन् । कूल १० मध्ये चार वटा ठेक्का पाएको जय गुरु राइस मिल्सले मिलेमतोमा ठेक्का पाएको स्रोत बताउँछ । यसले भारतबाट म्याद गुज्रिएको, गुणस्तरहीन र कुहिएको चामल ल्याउने तयारी गरिरहेको हो ।

‘यी चामल रुपन्देही र भैरहवा लगायतका स्थानबाट भन्सार छली गरेर म्याद गुज्रिएका चामल ल्याउने तयारी गरेको छ,’ स्रोतले भन्यो । यद्यपि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने प्राविधिकले परीक्षण गरेपछि मात्रै आयातित चामल प्रयोग हुने र वितरण हुने बताएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार १८:०२

लोकप्रिय