आइसीसी टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका स्पिनर सन्दीप लामिछाने आज (शनिबार) स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको तीन दिनपछि सन्दीप नेपाल आइपुगेका हुन् ।
अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप सकेर क्रिकेट टोलीका सदस्यहरू दुई समूहमा बाँडिएर नेपाल फर्किएको थियो । सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेख लगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थिए भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको थियो । उनीहरू अमेरिकाबाट सिधै नेपाल आएका थिए ।
तर अमेरिकाले भिसा नदिएकै कारण सन्दीप विश्वकप अन्तर्गत वेस्ट इन्डिजमा भएका खेलमा मात्र सहभागी हुन पाएका थिए । उनी एअर अरेबियाको फ्लाइटबाट आज दिउँसो ३ः४० बजे काठमाडौं आइपुगेका हुन् । १४ वर्षपछि विश्वकप खेलेको नेपाल ४ वटा खेलमा एउटा पनि नजिती नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो । चौथो तथा अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपबाट यात्रा टुंग्याएको थियो । सन्दीपले बङ्गलादेशसँगको खेलमा २ विकेट लिएर आफ्नो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरेका थिए । यससँगै उनी टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो सय विकेट बनाउने दोस्रो नम्बरका खेलाडी बने ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं