सूचनाको शक्ति - The Power Of Information

        

महान फुटबलर पेलेकी आमाको निधन

महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन भएको छ । पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो । पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ बर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरुले उल्लेख गरेका छन् ।

उनी पछिल्लो दुई वर्षदेखि कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारे समेत जानकारी थिएन । उनी १७ वर्षको हुँदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिएकी थिइन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार १०:५७

लोकप्रिय