बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण भागलाई हित मात्र पुर्याउँछ । म्यानमार, इन्डोचीन, मलेसियामा पाइ्ने यो फल नेपालमा पूर्वदेखि पश्चिमसम्म करिब ११०० मिटरसम्मको उचाइमा पाइन्छ ।
बेल पेट सम्बन्धी विकार भएका मानिसलाई लाभदायक मानिन्छ । गर्मी मौसममा यसका फाइदा त झन् व्यापक छन् भने यसमा हुने एन्टिप्यारासाइटिक गुण पाचनका लागि धेरै फाइदाजनक हुन्छ ।
यति मात्र नभई बेलमा रेचक (ल्याक्जेटिभ) गुणसमेत हुन्छ । यसको नियमित सेवनले कब्जियत जरैदेखि समाप्त हुने मान्यता छ । यो मधुमेह रोगीका लागि पनि फाइदाजनक मानिन्छ ।
फलको पातलाई पिसेर रस खानाले मधुमेहमा राहत मिल्ने मान्यता छ । बेलमा धेरै प्रकारका पोषक तत्त्व हुन्छन् । यी पोषक तत्वको सहयोगले मिर्गौलाको विषनाश गरेर शरीरको फोहोर बाहिर निकालिदिन्छ ।
बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ । पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रदान गर्छ र विभिन्न रोग लाग्नबाट बचाउँछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं