सूचनाको शक्ति - The Power Of Information

        

भारतमा बस दुर्घटना, दुई नेपालीको मृत्यु

भारतको हिमाञ्चल प्रदेशको सिम्लामा शुक्रबार बिहान भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना नेपाली परेका छन् ।

हिमाञ्चाल प्रदेश रोड ट्रान्सपोर्ट कर्पोरेसन (एचआरटीसी)को सो बस दुर्घटनामा मृत्यु हुनेमा चालक करम दास, सहचालक राकेश कुमार तथा दुई नेपाली यात्रु वीरमा देवी र धन शाह भएको जनाइएको छ ।

चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको होे । सो बस जुबल सबस्टेसन सिम्लामा दुर्घटनामा परेको थियो । बिहान ६ः४५ बजे भएको सो दुर्घटनामा परेको बसमा चालक र सहचालकबाहेक पाँच यात्रु भएको एचआरटीसीका प्रबन्ध निर्देशक रोहनचन्द ठाकुरले जनाएका छन् ।

सो बस कुडडुबाट गिल्टारी गाउँतर्फ जान लाग्दा दुर्घटनामा परेको थियो । सो दुर्घटना जियेन्दर रंगता, दीपिका ठाकुर र हस्तबहादुर गम्भीर घाइते छन् । उनीहरूको स्थानीय रोहरु अस्पतालमा उपचार भइरहेकोे जनाइएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार ०७:०५

लोकप्रिय