के लिची स्वास्थ्यको लागि हानि कारक छ ? सोझो जवाफ छ, हानि कारक छैन । तर, यसको ज्यादा सेवन भने निषेध गरिएको छ । अहिले लिचीको समय हो, बजारमा जताततै लिची पाइन्छ । लिची मन पराउने मध्ये धेरै मानिसहरू विश्वास गर्छन् लिचीले हाम्रो कलेजोलाई हानि पुर्याउन सक्छ । उनीहरूलाई लिचीले शरीरको डिटक्सिफाइ गर्ने क्षमतालाई कम गर्छ ।
विशेषज्ञहरू यसमा सहमत छैनन् । उनीहरू लिची प्रायः शरीरको आन्तरिक ताप बढाउन कारक हुन्छ । परम्परागत विश्वास अनुसार अनुसार कलेजोको कार्यलाई हानि पुर्याउनेसँग जोडिएको हुन्छ ।
यद्यपि, तिनीहरूले प्रत्यक्ष रूपमा कलेजोलाई हानि गर्दैनन् वा कलेजोको डिटक्सिफाइ गर्ने क्षमतालाई घटाउँदैन । भियतनामको हनोई ओरिएन्टल चिकित्सा संघका डा.बुई ड्याक साङका अनुसार, लिचीले पानी, ग्लुकोज, प्रोटिन र फ्याटमा भरपुर भएकोले स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउँछ ।
लिचीमा फाइबरको उच्च स्तर हुन्छ र क्यालोरीमा कम हुन्छ, जसले पाचनलाई मद्दत गर्दछ । तौल व्यवस्थापनलाई समेत सहयोग गर्छ । लिचीमा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सीले कालो दागहरू कम गर्न, बुढ्यौलीका लक्षणहरू रोक्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गरेर छालाको स्वास्थ्यलाई रक्षा गर्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं