बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर–१४, वीरगञ्जका मीना खातुन रहेका छन् ।
बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवलदापुरमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको थियो ।
त्यस्तै विद्युतको पोलमा क्षति पुर्याउँदा बाँकेका केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुर लगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ ।
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए ।
उनका अनुसार कोहलपुरमा ९, डुडुवामा ९, खजुरामा ८ र राप्तीसोनारीमा ५ गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । ‘अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन,’ उनले भने ।
हुरीबतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नं १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन् । घरमा रहेका अन्नपातसमेत जलेको प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके