बजारमा इन्टरनेटको गति जाँच गर्नका लागि धेरै एप उपलब्ध छन् । यी एपहरूले डाउनलोड गति र अपलोड गतिका साथै तपाईँको इन्टरनेट जडानको विलम्बता अर्थात लेटेन्सी जस्ता कुराहरू बारे जानकारी प्रदान गर्दछ ।
यसका लागि यसका गूगलको इन्टरनेट स्पीड जाँच्ने फिचर छ, जसबाट हामी इन्टरनेटको स्पीड जाँच्न सक्छौं । तर जाँच गर्नुभन्दा पहिले प्रयोगकर्ताहरुले कुनै पनि डाउनलोड वा अपलोड गरिरहेको भने हुनुहुँदैन ।
त्यसैगरी जाँच गर्दा भीपीएन पनि बन्द गर्नुपर्छ । आज हामी तपाईँलाई इन्टरनेटको स्पीड चेक गर्ने तरिकाको जानकारी दिँदैछौँ । सर्वप्रथम आफ्नो स्मार्टफोन, पिसी वा ट्याब्लेटमा कुनै पनि इन्टरनेट ब्राउजरमा गएर गूगल डटकम खोल्नुहोस् ।
त्यसपछि सर्च बारमा गएर गुगल इन्टरनेट स्पीड टेस्ट सर्च गर्नुपर्ने हुन्छ । अब सर्च रिजल्टमा इन्टरनेट स्पीड टेस्ट भन्ने डाइलग बक्स देख्न सक्छौँ । त्यहाँ निर डाइलग बक्सको तल रन स्पीड टेस्ट बटनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यो बटनमा क्लिक गरेपछि गुगलले रिजल्टका लागि एउटा पप अप देखाउने गर्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं