भारतको ‘ताज’ होटेल विश्वकै सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड बनेको छ । इण्डियन होटेल कम्पनी (आईएचसीएल)ले विज्ञप्ति जारी गर्दै ताज ब्राण्ड फाइनान्सको सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड बन्न पुगेको जानकारी दिएको हो ।
भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार ताज ब्राण्ड फाइनान्सले जारी गरेको विश्वको सबैभन्दा प्रतिष्ठित र बलियो होटेल ब्राण्डको शीर्ष स्थानमा रहेको छ । ब्राण्ड फाइनान्सको होटेल ५० प्रतिवेदनमा ताजको ब्राण्ड भ्यालु ४५ प्रतिशतले बढेर ५४ करोड ५० लाख डलर पुगेकोे उल्लेख छ ।
ब्राण्ड स्ट्रेन्थ सूचकांकमा ताजलाई १०० मा ९२ दशमलब ९ अंक दिइएको छ भने यसको रेटिङ एएए प्लस छ, जुन ब्राण्ड फाइनान्सको उच्चतम रेटिङ हो । प्रतिष्ठित ताज ब्राण्ड विश्वकै सबैभन्दा प्रतिष्ठित ब्राण्ड बन्न पुगेकोमा गौरवान्वित रहेको आईएचसीएलका प्रमुख कार्यकारी एवम् प्रबन्ध निर्देशक पुनित छतवलले जनाएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं