सूचनाको शक्ति - The Power Of Information

        

७२ जिल्ला फैलियो डेंगु सङ्क्रमण

देशका ७२ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र अन्तर्गत किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले सन् २०२४ यता ७२ जिल्लाबाट एक हजार २४१ जनामा डेंगु पुष्टि भएको जानकारी दिए ।

डेंगु सङ्क्रमण सबै भन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ४२८, कोशी प्रदेशमा २८५ जनामा पुष्टि भएको छ । त्यसैगरी, मधेश प्रदेशमा ३४, गण्डकी प्रदेशमा १८८, लुम्बिनी प्रदेशमा १४८, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिममा १४० जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिए ।

काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १४१, झापामा ११२ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ७५, मकवानपुरमा ५९,डोटीमा ४७, तनहुँ ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुङ्गामा ४१, रुपन्देहीमा २८, भक्तपुरमा २७ जनामा डेंगु पुष्टि भएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो ।

डेंगु हुनबाट बच्ने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । उच्च ज्वरो आउने, जोर्नीर मांशपेशीअरु बारम्बार दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुने यसका प्रमुख लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार १७:०५

लोकप्रिय