स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका जनतालाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहका लागि विभिन्न नयाँ नयाँ उपायहरु अपनाउन थालेका छन् । सो क्रममा बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो सेवा सुविधालाई ‘पूर्ण डिजिटल’ बनाएर जनतालाई छिटोछरितो सेवा प्रवाह गर्ने अभियान सुरु गरेको छ ।
बैजनाथले गाउँपालिकाको कार्यालयलाई मात्रै नभएर पालिकाभित्र रहेका आठै वटा वडाहरुलाई समेत ‘डिजिटल’ बनाउन लागेको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । उनले सोही क्रममा बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा ‘डिजिटल वडापत्र’ जडान गरेर त्यसको शुरुवात गरिएको बताए ।
पालिकाले टेक वर्क ग्रुप अफ कम्पनी र निन्जा इफोसिसको ‘टेक्निकल’ सहयोगमा पालिकामा ‘डिजिटल नागरिक वडापत्र’ र वडाहरुमा ‘नागरिक वडापत्र’ जडान गरी संचालनमा ल्याएको अध्यक्ष शाहीले बताइन् । पालिकामा नागरिक वडापत्र जडान गर्ने कार्य पालिकाको १ नं.वडाबाट सुरु गरिएको र उक्त कार्यको उदघाटन गाउँपालिकाका अध्यक्ष शाही तथा वडा नं.१ का वडाध्यक्ष रुपबहादुर मल्लले संयुक्त रुपमा गरे ।
सो क्रममा अध्यक्ष शाहीले बैजनाथले पालिकालाई पूर्ण ‘डिजिटल’ बनाउन पहिलो चरणको कार्यक्रमको सुरुवात वडाहरुमा डिजिटल वडा पत्र र पालिकामा डिजिटल नागरिक वडापत्र जडान गरेर सुरु गरेको बताए । पालिका र वडामा जडान गरिएका डिजिटल वडापत्रले बैजनाथ गाउँपालिकाले के के गरिरहेको छ भन्ने कुरा प्रत्येक दिन स्थानीय वासिन्दाले हेर्न सक्ने पालिकाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके