रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन भने यसको विकल्प पनि विज्ञानले पत्ता लगाएको छैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।
कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । रक्तदान गरिसकेपछि दान गर्ने व्यक्तिले आत्मसन्तुष्टि प्राप्त गर्दछ । यसबाहेक रक्तदान गर्ने व्यक्तिलाई अरू के के फाइदा हुन्छ त ?
– एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६५० किलो क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मदत गर्छ । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छन् ।
– शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्त्वपूर्ण भूमिका हुन्छ। नियमित रूपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
– शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो बिरामीको कारण हुनसक्छ । यस्ता समस्याबाट बच्न समय समयमा रक्तदान जरुरी छ । अनुसन्धानले पनि यो कुरालाई मानेको छ कि रक्तदानले क्यान्सरको सम्भावनालाई शतप्रतिशतसम्म कम गर्छ ।
– शरीरको नियमित जाँच गराउनाले विभिन्न रोग लाग्न पाउँदैन। यो अवसर रक्तदानका बेला निःशुल्क मिल्छ। रक्तदाताको तौल, रक्तचाप, हेमोग्लोबिन र ब्लड ग्रूपको परीक्षण गरिन्छ।
– रक्तदानपछि शरीरमा नयाँ रगत बन्छ । यसले स्वास्थसँग जोडिएका थुप्रै समस्याहरूबाट टाढा राख्छ । रक्तदानले काँर्डियोवैस्कुलर स्वास्थ्यको पनि नियन्त्रण गर्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं