सूचनाको शक्ति - The Power Of Information

        

सुत्नुअघि नुहाउनुका यतिधेरै फाइदा

आयुर्वेदका अनुसार पनि चिसो पानीले दिमागलाई ठण्डा बनाएर राख्न मद्धत गर्छ । यदि दिन चिसो पानीले नुहाएर सुरु हुन्छ भने दिनभर नै ताजा महसुस हुन्छ ।

यसका अलावा शारीरिक सौन्दर्य पनि कायम रहन्छ । राती सुत्नुभन्दा एक घण्टाअघि नुहाउनुका धेरै फाइदा छन् । तर, तपाइलाई चिसो अत्यधिक लाग्छ भने तातो पानीले नुहाउन सकिन्छ ।

– राती सुत्नुअघि नुहाउनाले दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ । नुहाउँदा यदि सुगन्धित तेल प्रयोग गर्ने हो भने त झन् राम्रोसँग निन्द्रा लाग्छ । साथै अलग हिसाबको शान्तिको अनुभव हुन्छ ।

– शरीरमा दुई खालको चिल्लो हुन्छ । पहिलो, ह्वाइट फ्याट, यो शरीरका लागि हानिकारक हुन्छ भने अर्को ब्राउन फ्याट शरीरका लागि फाइदाजनक हुन्छ । विज्ञका अनुसार जब हामी चिसो या तातो पानीले नुहाउँछौँ, क्यालोरी खपत हुन्छ र सजिलै तौल कम गर्न सक्छौँ ।

– छाला विशेषज्ञका अनुसार चिसो पानीले नुहाउनाले कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ । तातो पानीले छालाको रोम छिद्र खुल्छ ।

– चिसो पानीले शरीरलाई पनि सुदृढ बनाउँछ । चिसो पानीले नुहाउनले रोग प्रतिरोधी क्षमता बढ्छ । रक्त सञ्चार राम्रो हुन्छ । रोग प्रतिरोधी बढ्दा शरीरमा सेतो रक्तकोषिकाहरु पनि बढ्छन् ।

– एक अध्ययनले नुहाउँदा मुड फ्रेस हुने देखाएको छ । अल्छीपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो । चिसो पानीले नुहाउँदा मुटुको चाल बढ्छ र शरीरको रक्तसन्चार पनि बढ्छ । यसबाट ताजा महसुस गर्न सकिन्छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार ११:५१

लोकप्रिय