सूचनाको शक्ति - The Power Of Information

        

वक्र ईदका अवसरमा सोमबार सार्वजनिक बिदा

सरकारले वक्र ईद (उल–अजहा) पर्वका अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मालम्बीको पर्व वक्र ईदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन् ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘इस्लाम धर्मालम्बीको पर्व वक्र ईद (उल–अजहा)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १६:२७

लोकप्रिय