सूचनाको शक्ति - The Power Of Information

        

छोराले पाएको सजाय माफ गर्न सक्दिनँ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा दोषी ठहर भएका आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएका छन् । अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा बाइडेनका छोरा हन्टर दोषी ठहरिएका छन् ।

गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलोपटक यस विषयमा प्रतिक्रिया दिएका हुन् । इटालीमा भएको जि–७ शिखर सम्मेलनमा बोल्दै उनले भने, ‘मेरो छोरालाई दिइएको कुनै पनि जेल सजाय घटाउन म आफ्नो शक्ति प्रयोग गर्नेछैन । र म उसलाई माफ गर्नेछैन ।’

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार ११:०७

लोकप्रिय