सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीका चार जना एसपीहरूको पदस्थापन

नेपाल प्रहरीका चार जना एसपीहरूको पदस्थापन भएको छ । बढुवा भएका चार जना एसपीहरूलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीलाई विराटनगरस्थित कोशी प्रदेश प्रहरी गणमा पदस्थापन गरिएको छ ।

नारायण रंजितकारलाई धनुषास्थित मधेस प्रदेश प्रहरी गण, अनन्तराम शर्मालाई गण्डकी प्रदेश प्रहरी गण पोखरा र एकनारायण कोइरालालाई मानव बेचबिखन ब्युरोमा पदस्थापन गरेर नेपाल प्रहरी अस्पतालमा काज सरुवा गरिएको छ । उनीहरूलाई जेठ २९ मा गृह सचिव एकनारायण अर्यालले डीएसपीबाट एसपीमा बढुवा नियुक्ति गर्ने निर्णय गरेका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार ०५:५१

लोकप्रिय