हङकङको न्यु टाउन प्लाजास्थित मुभी टाउनमा सर्प भेटिएपछि सिनेमा हलका कर्मचारी र दर्शकमा त्रासको स्थिति पैदा हुनपुग्यो । यतिसम्मकी सिनमा हल अस्थायी रूपमा बन्द नै गरियो ।
एमसीएल सिनेमाजले बिहीबार बिहान सामाजिक सञ्जालमा सन्देश पोस्ट गर्दै मुभी टाउनको तेस्रो तलामा रहेको एमएक्सफोरडी थिएटरमा सर्प फेला परेकोले अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सूचना जारी गर्यो ।
स्रोतलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार तेस्रो तल्लामा सर्प देखिएपछि सिनेमा हलका कर्मचारीले दर्शकहरूलाई तुरुन्तै बाहिर निकाली प्रहरीलाई खबर गरेका थिए । यता, हिजो (बुधबार) एक युवकले आफ्नो सर्प हराएको भनेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको समन्वयमा ती युवक दिउँसो थिएटरको सम्पर्कमा आएपछि भने अस्थायी रूपमा बन्द गरिएको थिएटर पुनः सञ्चालनमा आएको थियो । दिउँसो करिब १ बजे सिनेमा हलको सामाजिक सञ्जालमा थिएटर सामान्य सेवामा फर्किएको अर्को पोस्ट गरियो ।
सिनेमा हलको पोस्टमा टिकटको पैसा फिर्ता सम्बन्धमा पनि उल्लेख गरिएको छ । जसमा, घटनाबाट प्रभावित दर्शकले टिकटको पैसा फिर्ता लिन वा ‘सो’ परिवर्तन गर्न चाहेमा १४ दिनभित्र चलचित्र टाउन अफिसमा आई निवेदन दिन भनिएको छ । निवेदनका साथ बुकिङ नम्बर वा टिकट स्टबमध्ये एक ल्याउन पनि सूचनामा भनिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं