सूचनाको शक्ति - The Power Of Information

        

खराब मौसमका कारण फ्लोरिडामै रोकियो नेपाली टिम

आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानुपर्नेमा मौसम खराबका कारण अमेरिकामै रुकेको छ । फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका छन् ।

समूह चरणका २ खेल खेल्नका लागि नेपाली टिम बुधबार वेस्टइन्डिज प्रस्थान गर्ने तालिका रहेको थियो । नेपालले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र श्रीलंकासँग खेल्ने छ । वेस्टइन्डिजमा स्टार लेगस्पिनर सन्दीप लामिछानेले नेपाली टोलीलाई पर्खिएका छन् ।

अमेरिका जान नपाएका सन्दीपले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेल्ने छन् । अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडानहरु रद्द भएका छन् । मंगलबारदेखिको झरी बुधवार पनि कायम रह्यो भने विहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले अलर्ट (सूचना) जारी गरेको छ ।

जसका कारण फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट र मायमी अन्तर्राष्ट्रिय एयरपोर्टका नियमित उडान प्रभावित भएका हुन् । नेपाली टिमका म्यानेजर प्रदीप मज्गैयाँले पानी परेर जान नसकिएको बताए । नेपाली टिम सेन्ट भेन्सन जाने तालिका रहेको थियो ।

मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल दोस्रो खेल बर्षाका कारण रद्द हुँदा श्रीलंकासँग एक एक अंक बाँडेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार ०७:१६

लोकप्रिय