सूचनाको शक्ति - The Power Of Information

        

कपालमा धेरै कलर लगाउँदा क्यान्सरको उच्च जोखिम

पछिल्लो पुस्ताहरूले कपाललाई आकर्षक बनाउने बहानामा विभिन्न थरीका केमिकल मिसिएका हेयर कलरहरूको प्रयोग गर्दछन् । कहिले रातो, कहिले ब्राउन, कहिले हरियो, कहिले खरानी कलर लगायतको प्रयोग गर्ने गर्दछन् । यस्ता रङ्गहरूको प्रयोगले केही समय तपाईँको कपालको सुन्दरता त बढाउला र भविष्यमा धेरै हानि पुर्याउन सक्छ ।

कपाल रङ्ग्याउने महिलाहरूमा हेयर डाईको अत्यधिक प्रयोगले क्यान्सरको जोखिम बढाउँछ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयको अनुसन्धानले के पत्ता लगाएको छ भने हेयर डाईको अत्यधिक प्रयोग गर्ने महिलाहरूमा स्तन, छाला र गर्भाशयमा हुने क्यान्सरको जोखिम बढाउने देखाएको हो ।

बिएमजे जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार प्राकृतिक हेयर डाईले पनि क्यान्सर हुने खतरा रहन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को इन्टरनेसनल एजेन्सी फर रिसर्चका वैज्ञानिकहरूले क्यान्सरको जोखिम बढाउने चीजहरूमा हेयर डाईलाई पहिला नै समावेश गरिसकेका छन् ।

हेयर डाई र क्यान्सर जोखिमबीचको सम्बन्ध बुझ्नको लागि एक लाख १७ हजार दुई सय महिलाहरूमा अनुसन्धान गरिएको थियो । अध्ययनमा सहभागी जनाएका महिलाहरूमध्ये कुनैलाई पनि क्यान्सर नभए र कुनैमा पनि क्यान्सरको पारिवारिक इतिहास थिएन । अध्ययनका लागि ती महिलाहरूलाई ३६ वर्षसम्म ट्र्याक गरेपछि परिणामहरू जारी गरिएको थियो ।

हेयर डाईमा हुने अमोनिया, पेरोक्साइड, फेनिलेनेडायमाइन, डाइअमीनोबेंजीन, टाउलिन– २, ५–डाइअमीन लगायतका रसायनहरू एकदम खतरनाक हुन्छन् । क्यान्सरको वेबसाइट क्यान्सरडट ओर्गका अनुसार हेयर डाईमा प्रयोग हुने केही केमिकलहरू टाउकोको छालाको माध्यमबाट वा यसको गन्ध सासको माध्यमले शरीरमा पुग्छन् । जुन खतरनाक हुन्छ ।

हेयर डाईको अत्याधिक प्रयोग गर्ने महिलाहरू बाहेक बारम्बार डाई लगाउने हेयरड्रेसर, स्टाइलिस्ट, पार्लर तथा सलुनमा काम गर्ने मानिसहरू पनि जोखिममा हुने अध्ययनले देखाएको छ । यसकारण तपाई महिना–महिनामै कपाल रङग्याउने, कपालको कलर परिवर्तन गर्ने गर्नुहुन्छ भने अब सजग रहनुहोला ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १२:४३

लोकप्रिय