सूचनाको शक्ति - The Power Of Information

        

टेबलमा भन्दा भुईँमा बसेर खाना खानु स्वस्थ्यकर

खाना खाने शैली तपाईँको घर परिवार र परम्पराले निर्धारण गर्छ । कोहीले भुईँमा बसेर पलेटी कसेर खाना खाने हुन्छन्,कोहि टेबलमा बसेर खाना खाने हुन्छन् । आफूलाई कसरी सहज लाग्छ भन्ने कुरा पनि अर्को पाटो रह्यो । भुईँमा पलेटी कसेर बसेर खाने नेपाली परम्परा नै हो ।

आधुनिक जीवनशैलीसँगै अहिले टेबल–कुर्सीमा बसेर खाने चलन पनि व्यापक छ । यस्तोमा कौतुहलता हुनसक्छ पलेटी कसेर खानु स्वस्थकर कि टेबलमा बसेर खानु राम्रो । आयुर्वेदका अनुसार भुईँमा पलेटी कसेर बसेर खाना खानुलाई राम्रो मानिन्छ ।

यसरी बसेर खाँदा मनमा एकाग्रता पैदा हुने र मस्तिष्कमा आराम मिल्नुका साथै मानसिक तनाव कम हुन्छ । यसरी खाँदा खाना पचाउन पनि राम्रो मद्दत गर्छ । साथै बसेर खानु पाचन प्रणालीको लागि उत्तम अभ्यास मानिन्छ । मुटुबाट निस्केको रगत शरीरभर प्रवाह हुन्छ ।

तर खाना खाँदाखेरि रक्तसञ्चारको आवश्यकता सबैभन्दा बढी आमाशय र आन्द्राको भागमा हुन्छ, जुन पलेँटी कसेर खाँदा पूरा हुन्छ । किनभने यसबेला घुँडाको तल खुट्टा मोडिएको हुन्छ, जसकारण खुट्टातिर जाने रक्तसञ्चार शरीरको मध्य भागमा अर्थात् आमाशय र आन्द्राको भागमा जान्छ । यसकारण खाना सजिलै पच्छ ।

कुर्सीमा बसेर खाँदा कस्तो प्रभाव पर्छ त ?

कुर्सीमा बसेर वा उठेर खाना खाँदा पाचन प्रणालीलाई चाहिने पर्याप्त रक्त सञ्चार हुन पाउँदैन । फलस्वरुप खाना सजिलै पच्दैन । तर पलेटी कसेर खाना खाँदा विभिन्न रोगबाट समेत बच्न सकिन्छ ।

अपच, ग्यास्ट्रिक, कब्जियत, पेट फुल्ने लगायत पेटसम्बन्धी समस्यामा यसले राहत दिन्छ । पलेँटी कसेर खाँदा शरीरको मेरुदण्ड लचिलो हुने हुनाले ढाड दुख्ने, कम्मर दुख्ने समस्याबाट जोगाउँछ । तर कसैलाई घुँडा दुख्ने वा कम्मर दुख्ने समस्या भएमा भने पलेँटी कसेर बसेर खानु हुँदैन । यसले नकारात्मक असर पर्न सक्छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १२:४२

लोकप्रिय